प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर १ (क)मा छिन्तु १५ सय बढी मतले अघि

२०७९ मंसिर ७, बुधबार ०३:१५ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नं.१ प्रदेशसभा (क)मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले १५ सय बढी अग्रता बनाएका छन् ।

निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार २८ हजार ५६० मत गन्दा छिन्तुले ११ हजार ९७ मत प्राप्त गरेका छन् । छिन्तु र थापाविच १ हजार ५५८ मतको अन्तर रहेको छ ।

उता निकट्तम प्रतिद्वन्दी नेकपा एमालका कमल बहादुर विष्ट ९ हजार ५३९ मत प्राप्त गरेका छन् । राप्रपाका सागर थापाले ५ हजार ८०७ मत प्राप्त गरेका छन् ।