प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा पोलमा ठोक्किँएर मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

२०८१ जेठ ५, शनिबार १९:३७ बजे

हेटौंडा – कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.८ कालोपहिरो मोटरसाइकल पोलमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बारा निजगढ नगरपालिका वडा नं.६ लिचिटोल बस्ने बर्ष ३१ बर्षीय राम बहादुर राय क्षेत्री र सोही सवार सोही स्थान बस्ने बर्ष ३१ बर्षीय हरी कृष्ण अधिकारी रहेका छन् ।


हेटौंडाबाट ललितपुर तर्फ जाँदै गरेको बा ९० प ५५४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आफै अनियन्त्रित भएर सडकको छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किँएर सडकबाट करिब २०र३० मिटर तल खसेर दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुबैजना घाईतेहरुलाई उद्धार गरी उपचारको लागी ठिंगन स्वास्थ्य चौकीमा ल्याईएको र त्यहाँ उपचार सम्भव नभएपछि हेटौंडातर्फ ल्याईएको प्रहरीले जनाएको छ ।