प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चुरियामाई मन्दिर नजिकै बस दुर्घटना अपडेट: ७ जना मृतक र १७ जना घाइतेको सनाखत (नामवलीसहित)

२०८० भाद्र ७, बिहीबार ०२:५३ बजे

हेटौंडा – बारा र मकवानपुर जिल्लाको सिमाना रहेको चुरियामाई मन्दिर नजिकै तीर्थयात्री बोकेको बस दुर्घटना परी मृत्यु भएका ७ जनाको सनाखत भएको छ । मृत्यु भएका मध्ये भारत राजस्थानका ६ जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरुमा भारत राजस्थान बस्ने ६७ बर्षीय बहादुर सिंह, ६० बर्षीया सत्यवती, ७० बर्षीय राजेन्द्र चतुरबेदी, ६५ बर्षीय श्रीकान्त चतुरबेदी, ६७ बर्षीया बैजन्ती देवी, ६५ बर्षीया मिरा देबी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ बर्षीय बिजय लाल पण्डित रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको थियो । चालकसहित २७ यात्रु सवार उक्त बस गएराति चुरियामाई मन्दिर नजिकैबाट करिब १०० मिटर दक्षिणतर्फको खोलामा खसेको थियो ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरुमध्ये १४ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल, १ जनाको सञ्चो अस्पताल र १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । 

बस चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

घाइतेहरुको नामावलीहरु 

चुरेहिल अस्पताल

१. देश भारत राजस्थान बस्ने अं.बर्ष ४८ को घनश्याम चतुरबेदीको खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम
सरकारी अस्पताल हेटौडा
१. जिल्ला धनुषा मौवा गा.पा.१८ जनकपुर बस्ने अ.बर्ष ४१ को घुरन मण्डल बाया घुडा,कम्मरमा चोट मध्यम - डिश्चार्ज
२. जिल्ला महोत्तरी लोहारपति न.पा.५ बस्ने अ.बर्ष २६ को जसबेन्दर पासवान ढाड/दाहिने हातमा चोट मध्यम - डिश्चार्ज
३. देश भारत राजस्थान बस्ने अ.बर्ष ५३ की माया देबी दाहिने कुममा चोट मध्यम
४. ऐ.ऐ.बस्ने अ.बर्ष ३५ को अनिल कुमार टाउकोमा चोट मध्यम
५. ऐ.ऐ.बस्ने अ.बर्ष ५० को तारा वती चतुरबेदी निधार/कम्मरमा चोट मध्यम
६. निजकै नातिनि अ.बर्ष ९ की क्रितिका चतुरबेदी सामान्य
७. ऐ.ऐ.बस्ने अ.बर्ष ४८ को श्याम लाल मालीको बाया खुट्टा/छातिमा चोट मध्यम
८. ऐ.ऐ.बस्ने अ.बर्ष ४७ को हरवारी मालीको टाउकोमा/ढाडमा चोट मध्यम
९. ऐ.ऐ.बस्ने अ.बर्ष ७० की चौथी देबी दाहिने खुट्टा/छातिमा चोट मध्यम
१०. ऐ.ऐ.बस्ने अ.बर्ष ७२ को सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टा/बाया कुममा चोट मध्यम
११. देश भारत राजस्थान बस्ने अ.बर्ष ६३ को धरम सिंहको निधार/छाति/बाया खुट्टा फ्याक्चर मध्यम
१२. ऐ.ऐ.बस्ने अ.बर्ष ६० की ईन्दु धाकद निधार/छातिमा चोट मध्यम
१३. ऐ.ऐ.बस्ने अ.बर्ष १६ की गर्बिदा चतुरबेदी ढाड/छातिमा चोट मध्यम
१४. ऐ.ऐ.बस्ने अ.बर्ष ५४ को राम कुमार चतुरबेदी बाया घुडा/छातिमा चोट मध्यम

सन्चो अस्पताल हेटौडा
१. जिल्ला महोत्तरी जलेश्वर न.पा.बस्ने अ.बर्ष ३८ को बिहारी मुखीया मुखमा चोट बाया खुट्टा भाचिएको मध्य

पुरानो मेडिकल कलेज भरतपुर
१. देश भारत राजस्थान बस्ने अ.बर्ष ७३ को राम प्रसाद पि को छाति/पेटमा चोट गम्भीर