प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा इभी भ्यान र अटो आपसमा ठोक्कियो

२०८१ कार्तिक ९, शुक्रबार ०९:५७ बजे

मकवानपुर — भीमफेदी गाउँपालिका-६, पाङ्ग्रेटारस्थित भीमफेदी-कुलेखानी-काठमाण्डौ सडकखण्डमा बिहिबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। हेटौंडाबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ज. ०६७३ नम्बरको इभी भ्यान र भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह. ५१७२ नम्बरको अटो आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार पाँच जना व्यक्तिहरू घाइते भएका छन्। घाइते हुनेमा अटो चालक, भीमफेदी गाउँपालिका-६, सिमलटार निवासी राज कुमार लामा (४१ वर्ष), पार्वती ब्लोन, हेटौंडा उपमहानगरपालिका-१९, बस्तीपुर निवासी (२२ वर्ष), हेटौंडा-१ चौकीटोल निवासी अनिता स्याङ्बो (२४ वर्ष), आयान्सु स्याङ्बो (४ वर्ष) र सुरबिना गोले (८ वर्ष) रहेका छन् ।

घाइतेहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण दुवै सवारी साधनमा क्षति पुगेको भए पनि बाटोमा अवरोध भएको छैन।