प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा जंगली च्याउ खाँदा तीन जना बिरामी

२०८० श्रावण २१, आईतबार ११:५७ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.९ शिखरपुरमा जंगली च्याउ खाँदा तीन जना विरामी भएका छन् ।

बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार जंगलबाट ल्याएको च्याउ सेवन गर्दा स्थानीय ६४ बर्षीय विदुर बिष्ट, ३३ बर्षीय जितेन्द्र बिष्ट र २६ बर्षीया रचना बिष्ट विरामी भएका हुन् ।

बिरामी भएका तीनै जनाको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य सामान्य रहेको प्रहरीको भनाई छ ।