प्रहर खबर
 २०७९ मंसिर १७, शनिबार    

मकवानपुरगढी फुटसल प्रतियोगिताको उपाधि छिनोफानो आज

२०७९ आश्विन १५, शनिबार ०७:३१ बजे

हेटौंडा – पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिताको सेमिफाइनल र फाइनल आजै(शनिबार) हुने भएको छ ।

मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक गढी स्टार स्पोट्र्स क्लब र साविक उपविजेता प्रतिभा युवा क्लब र दोस्रो सेमिफाइनलमा साविक विजेता सौजन्य युवा क्बल र देविडाडाँ युवा क्लबबीच हुनेछ । पहिलो खेल ८ बजे र दोस्रो खेल ९ बजे सुरु हुनेछ ।

त्यस्तै सेमिफाइनलमा हार ब्यहोर्ने दुई टोलीले तेस्रो स्थानको लागि दिउँसो २ बजे खेल खेल्नेछ । सेमिफाइनल जित हात पार्ने दुई टोलीले उपाधिका लागि दिउँसो ३ फाइनल खेल खेल्ने आयोजक गढी स्टार स्पोर्टस् क्बलले जनाएको छ ।

यस संस्करणमा प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले ५० हजार र तेस्रो हुनेलाई २५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १६ वटा टोलीको सहभागिता रहेको थियो ।

बिजयादशमीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।