प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

मकवानपुरमा ट्रक दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु, सहचालकले हामफालेर ज्यान जोगाए

२०७९ असार १७, शुक्रबार १३:०७ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका ११ घट्टेपाखामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरीक ४० वर्षीय सुरेन्द्र यादव रहेका छन् ।

कान्तिलोकपथ अन्तर्गत हेटौंडाबाट बकैया गाउँपालिका ठिङ्गनतर्फ जाँदै गरेको फलाम बेकेको सिजी ०७ बि अच ५५२७ नम्बरको भारतीय ट्रक शुब्रबार बिहान सवा ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ बर्षीय अजित यादब हामफालेर बाच्न सफल भएका छन् ।

ट्रक करिब सडकबाट २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।