प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर बहुमुखी क्याम्पसको ‘स्वागत तथा फेरी भेटौंला’ कार्यक्रम

२०८० बैशाख ३०, शनिबार १४:१९ बजे

हेटौंडा – मकवानपुर बहुमुखी क्याम्पसको स्वागत तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले शनिबार एक कार्यक्रम आयोजना गरी नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत र विभिन्न तहका अध्ययन पुरा गर्ने विद्यार्थीहरुलाई विदाई गरेको हो । 

कार्यक्रममा क्याम्पसको स्नातक तह प्रथम वर्षका विभिन्न संकायमा अध्ययनका लागि आएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । त्यस्तै स्नातक तह र स्नातकोत्तर अध्ययन पुरा गर्ने सबै संकायका विद्यार्थीहरुलाई विदाई गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मिना कुमारी लामाद्वारा स्नातक विभिन्न संकायमा सर्वोउत्कृट नतिजा ल्याउने क्याम्पसका विद्यार्थीहरुलाई पढ्न हौसला प्रदान गर्न सम्मानपत्र वितरण गरिएको थियो । 

मकवानपुर बहुमुखी क्याम्पसका स्ववियू सभापति छोइसाङ्ग लामाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुखहरु डा. राम प्रसाद अधिकारी, यम शिलवाल, डा. रामेश्वार बराल, प्राध्यापक संघका अध्यक्ष केशव तिमल्सिना, क्याम्पसका संकाय प्रमुख प्राध्यापकहरु, जिल्ला विद्यार्थी संघ/संगठनका अध्यक्ष, क्याम्पस एकाई विद्यार्थी संगठनका अध्यक्षहरु लगायत ९ सय विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

स्ववियुले विद्यार्थी स्वागत तथा भेरी भेटौला कार्यक्रमबाट केही खाद्यन्य बचाएर सडक बालबालिकाको संरक्षण गर्दै आइरहेको हाम्रो घर नेपाललाई सहयोग गरेको छ । एकैदिनमा खान सकिने खाद्यन्यलाई बचाएर हाम्रो घर नेपाललाई सहयोग गरिएको क्याम्पसका स्ववियु सचिव बर्षाद् घिमिरेले बताए । हाम्रो घर नेपालमा ३५ जना बालबालिका आश्रित छन् ।