हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० न्युरेनीबाट लागुऔषध सहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नं. ११ बस्ने २० वर्षीया अनुषा मोक्तान रहेकी छन् ।
बिहिबार न्युरेनीस्थित सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा मोक्तानलाई चेकजाँच गर्ने क्रममा १८० मिलि ग्राम लागूऔषध खैरोहिरोईन जस्तो देखिने खैरो धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त लागुऔषध सहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।