हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका–९ देउबुजेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका शिखरपुरका ३२ वर्षीय नविन मोक्तान रहेका छन् ।
आइतबार अपराह्न मेघ गर्जन सहित परेको चट्याङ लागेर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मोक्तानलाई घर बाहिर बसेको ठाउँमा चट्याङ लागेको हो । उनको घट्ना स्थलमानै मृत्यु भएको प्ररीले जनाएको छ ।