प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारीको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत

२०७९ चैत्र १, बुधबार १४:२२ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा हात्ती गाडीको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।

मृतक महिला हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ति बस्ने अन्दाजी ५० वर्षीया सान्ति माया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार विहान नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश०३–००१च ६९४३ नम्बरको गाडीले पैदलयात्री हिडिरहेकी मोक्तानलाई ठक्कर दिएको थियो ।

ठक्करबाट ती महिला गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि हेटौंडा अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो ।

ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।