प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

विवाह बर्षगाँठमा विद्यार्थीलाई न्यानो कपडा

२०७९ मंसिर २९, बिहीबार १४:०१ बजे

हेटौंडा – बिवाह बर्षगाँठ मनाउने चलन भड्किलो बन्दैगएका बखत मकवानपुरका दुई दम्पतीले आफ्नो छोराको बिवाह बर्षगाँठको अवसरमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । 

मकवानपुरगढी गाउँपालिका वडा नं.५ का युवा व्यवसायी विक्रम घिमिरे र चन्द्र बन्जरा दम्पतीले आफ्ना बिवाह बर्षगाँठको अवसर पार्दै मकवानपुरगढी–५ कै उज्ज्वल र ज्योती प्राथमिक विद्यालयका सिसु कक्षादेखि ३ सम्म अध्ययनरत ७० जना छात्रछात्रालाई जाडो याममा लगाउने स्वेटर वितरण गरेका हुन् । 

घिमिरे र बन्जरा दम्पतीले बिहीबार मकवानपुरगढी–५को देउँरालीडाँडा र लिंङ्ग बिद्यालयमै पुगेर विद्यार्थीलाई कपडा बितरण गरेका हुन् । स्वेटर वितरण कार्यक्रममा वडासदस्य तथा ज्याति प्राथामिक विद्यालका अध्यक्ष सुकुराम थिङ, वडासदस्य अर्जुन बहादुर रुम्‍बा तामाङ, ज्याति प्राथामिक विद्यालयका प्रध्यानध्यापक ओमनाथ घिमिर, विद्यालका शिक्षकशिक्षिका, अविभावक लगायतको उपस्थिती रहेको थियो ।