प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

२०७९ भाद्र ११, शनिबार १०:०३ बजे

हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ चार नम्बर पुल नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख २८६५ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट जाँदै गरेको प्रदेश २ ०३ ०१३ प ३१६७ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ साढे ५ बजे ठक्कर दिएको हो ।

घाइते भएका बाराकै कलैया उपमहानगरपालिका १४ बघबनका ४४ वर्षीय रामकुमार जैसवालको उपचार हेटौडास्थित चुरेहिल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराले नियन्त्रणमा लिएको छ ।