हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिकाका चार जना फरार अभियुक्तको सम्पत्ति एवं सेवासुविधा रोक्का गरिएको छ । लागूऔषध र जबरजस्ती करणी मुद्दामा कसुरदार ठहरिएर फरार रहेका चार जना प्रतिवादीको सम्पत्ति तथा सेवासुविधा रोक्का एवं निलम्बन गरिएको हो ।
सम्पत्ति तथा सेवासुविधा रोक्का एवं निलम्बन गरिएकाहरू राक्सिराङ गाउँपालिका–१ का ३० वर्षीय सुजन भन्ने अर्जुन मुक्तान लागूऔषध गाँजा मुद्दामा, वडा नम्बर २ का २६ वर्षीय लाले भन्ने गोपीलाल वाइबा, वडा नम्बर ३ का ५३ वर्षीय सानुकान्छा योन्जन र वडा नम्बर ९ का २५ वर्षीय देवीलाल श्रेष्ठ जबरजस्ती करणी मुद्दामा कसुरदार ठहरिएका हुन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा व्यवस्था भएअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले निजहरूको सम्पत्ति तथा सेवासुविधा रोक्का एवं निलम्बन गर्न पत्राचार गरेकाले सम्पत्ति तथा सेवासुविधा रोक्का एवं निलम्बन गरिएको राक्सिराङ गाउँपालिकाले जनाएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।