हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नंं.४ स्थित चौरादोभानको बागमती खोलाको बीच बगरमा एक महिलाको शव फेला परेको छ।
सोमबार साँझ करिज ५ बजेको समयमा अन्दाजी २४/२५ वर्षको एक महिलाको लाश घोप्टो अवस्थामा फेला परेको हो । उनको पहिचान खुल्न नसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
प्रहरीले घटनास्थलमा लाश जाँच मुचुल्का गरी थप अनुसन्धानका लागि शवलाई हेटौंडा अस्पताल ल्याएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।