हेटौंडा – बामगती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा आर्थिक अनियमिता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका नेता तथा कार्यायकर्ताहरुले सुचना माग गरेका छन् । रास्वपा हेटौंडा नगर संगठन विभाग प्रमुख विशाल राज महतको टोली सामुहिक रुपमा सुचना माग गरेका हुन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मतहतमा सञ्चालित हेटौंडा अस्पतालबाट कोभिडको समयमा क्वारेन्टाईन सञ्चालनदेखि अस्पतालमा जडान गरिएको उपकरणहरुको खरिदमा भएको खर्चको विवरण लगायत १० वटा विषयमा सुचना माग गरिएको रास्वपा हेटौंडा नगर संगठन विभाग प्रमुख विशाल राज महतले जानकारी दिए ।
विना टेण्डर कोभिड संक्रमणको अवधिमा क्वारेन्टाइन सञ्चालन, अस्पतालको पुराना संरचना भत्काएको, उपकरण खरिदमा अनियमिता, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको खाना/आवास व्यवस्थापन गरिएको र अस्पतालको वेरुजु रकम समेत बढ्दै गाएको गुनासो आएकोले सुचना माग गरिएको संगठन विभाग प्रमुख महतले बताए ।
नेपालको संविधान को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार अस्पतालको सुचना अधिकारी राजिव झालाई सुचना माग पत्र बुझाएको उनले बताए । बिषयगत रुपमा माग गरिएको सुचना उपलब्ध गराउन सहजिकरण गरिदिन मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई समेत पत्र बुझाईएको उनले बताए ।
सुचनाका गरिएका विषयहरुः–
१- कोभिड अवदिमा फोरेन्टाइन सन्चालन गर्दा कर्मचारी आवास, खानाको व्यवस्थापनको प्रक्रिया खर्च विवरण ।
२- (ct scan, MRI) लगायत खरिद गरिएका सम्पुर्ण उपकरण, खरिद गरिएको कम्पनी, औषधिको खरिद मुल्य सहितका विवरण ।
३- सर्जिकल सप्लायर्सको छनौटको प्रक्रिया, खरिद गरिएको सामानको कम्पनी खरिद गरिएको मुल्य सहितको विवरण ।
४- कोभिङको समयको कर्मचारीका लागि उपलब्ध गराइएको भत्ता रकमको विवरण
५- ल्याबको केमिकल खरिद प्रक्रियाको विस्तृत जानकारी
६- हेटौडा अस्पताल मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान द्वारा संचालित परचायत लगानीको विस्तृत विवरण
७- हेटौडा अस्पतालको पुरानो भवन संरचना भत्काउदाको प्रक्रिया र यो समयमा निकालिएका सम्पुर्ण सामाग्रीको अवस्थाको सम्पुर्ण विवरण
८- हेटौडा अस्पतालमा भएका बार्षिक गतिविधिमा रकम बेरुजु भएमा सोको विवरण ९- हेटौडा अस्पताल व्यवस्थापन समिति मातहातमा स्वचालित बैंक खाता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाएको भएमा कुन शीर्षक द्वारा चलाइएको छ सो को विस्तृत विवरण
१०- अर्धपेटिक अप्रेसनमा प्रयोग हुने सम्पुर्ण उपकरण र उपचार पद्धतिमा प्रयोग गरिने (स्टील रड) लगायत सम्पूर्ण स्वास्थ्य सामाग्री खरिद विवरण