हेटौंडा – धार्मिक आस्थासंगै प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरुको रोजाईको गन्तब्य बनेको छ, मकवानपुरको श्री लटारम्मेश्वर महादेव । एकदिनको यात्रामै प्रकृतिको धेरैभन्दा धेरै आनन्द लिन सकिने भएकोले काठमाडौं उपत्यका तथा मकवानपुर आसपासका पर्यटकहरुको रोजाईको गन्तब्य बन्दै गइरहेको हो ।

लटारम्मेश्वर महादेव महाभारत पर्वतको शिर अर्थात भिमफेदी गाउँपालिका–८ र बकैंया गाउँपालिका–१२ सिमानमा रहेको छ । यस स्थानलाई भौगोलिक र विकासको हिसाबले बिकटै मानिन्छ । सामाजिक सञ्जालको कारण पछिल्लो समय आन्तरिक पर्यटकहरु आगमत बढेको स्थानीय सुन बहादुर लामा बताउँछन् ।
‘हामीसंग आधिकारी तथ्याङ्क छैन, तर अन्य दिन भन्दा विदाको समयमा घुम्न आउनेको सङ्ख्या दिन प्रतिदिन बढेको देखिन्छ’ लामाले भने । लटारम्मेश्वर महादेव क्षेत्रको भुबनावट अङ्गे्रजी शब्द डब्लु आकार छ । यस स्थान “डब्लुडाँडा¥ले पनि परिचित छ ।
सतिदेविको जट्टा पतन स्थल
हिन्दु धर्मको पौराणिक कथा अनुसार यहाँ सतिदेविको देह त्याग गरेपछि महादेवले पार्थिभ शरीर लिएर हिड्ने क्रममा उनको जट्टा(शिरको कपाल)पतन भएको कथामा उल्लेख छ । त्यसै यस स्थानलाई लटारम्भेश्वर महादेव भनियो । हिमवत्खण्डको १०४ अध्यायमा लटारम्भेश्वर बर्णन गरिएको छ ।

यसमा आधारित दन्ते कथा
यस स्थान धार्मिक आस्थाको हिसाब महत्वपुर्ण मानिन्छ । दन्त कथा अनुसार एक स्थानीयको गाई हराएको थियो । खोजी गर्ने क्रममा धेरै दिनपछि लटारम्मेश्वर महादेव रहेको स्थानमा फेला पर्यो । यस्ते कठिन स्थानमा कसरी गाई आएर बस्यो रु ती किसानले यहाँ भगवान पशुपतिनाथको बास हुनुपर्छ भनेर गाईको थुनबाट दुध बर्षाइदिनु भन्दा गाईको थुनबाट दुध बर्षिएको स्थानीयहरु दन्ते कथा सुनाउँछन् ।

शिवको शक्तिपिठ, यस्तो छ आस्था
पौराणिक कथा अनुसार शक्तिपिठहरु मध्ये लटारम्मेश्वर महादेव एक हो । यहाँ स्वाच्छ मनले मागेको मनोआकाक्षा पुरा हुने स्थानीयहरु बताउँछन् । यस स्थानमा बैशाख १ गते नयाँ बर्ष र माघ १ गते माघे सङ्क्रातिमा ठुलो मेला लाग्ने गरेको छ । यहाँ मेला भर्न काठमाडौं, ललितपुर, भक्तपुरका भक्तजनहरु लटारम्मेश्वरको दर्शन तथा मेला भर्न आउने गरेका छन् ।

रेलिङ्ग बनेपछि चर्चामा
पहिले धार्मिक आस्था भएकाहरु मात्रै लटारम्मेश्वर दर्शन र मेला भर्ने जाने गर्थे । त्यति बेला भिरको बाटो ज्यानलाई जोखिममा राखेर जानुपर्ने स्थिति थियो । देशदेशमा संघीयता लागुभएपछि स्थानीय सरकार बन्यो । भिमफेदी गाउँपालिकाले भिरको बाटोमा रेलिङ्गसहितको भर्याङ्ग बनायो । त्यसपछि त्यो ठाउँ सामाजिक सञ्जालमा दिन प्रतिदिन चर्चा आयो ।

नाकादेखि हिमश्रृङ्खलाको अवलोकन
लटारम्मेश्वर क्षेत्रबाट दशिणतर्फ देशको सबैभन्दा ठुलो ब्यापारिक नाका रोक्सौलसंगै तराईका समथर भु–भाग नियाल्न सकिन्छ । उत्तरतर्फ हिमशृङ्खलालाई देख्न सकिन्छ । यस क्षेत्रमा हावाको बेगसंगै बहने बादलले घाँसे पहाडसंग लुकामारी खोल्छ । त्यो मनमोहक दृश्यले पर्यटकलाई अलौकिक अनुभूती दिलाउँछ ।

यसो भन्छन् स्थानीय
यस क्षेत्रमा बढीभन्दा पर्यटक भित्र्याउन पुर्वाधार विकासमा जोड दिनु पर्ने स्थानीयहरु बताउँछन् । भौगोलिक रुपमा विकट यसक्षेत्रमा १२ महिना सञ्चालन हुने मोटरबाटो, खानेपानी, सौचालय लगायतका न्युनतम् पुर्वाधारहरु तत्काल ब्यवस्थापन गनुपर्ने स्थानीय सुन बहादुर लामाले बताए ।
त्यस्तै निर्माण भएको भौतिक संरचना जिर्ण हुँदै गएकोले मर्मत गर्ने र यस क्षेत्रको दिर्घकालिन विकासका लागि गाउँपालिकाले गुरु योजना बनाएर काम गनुपर्ने स्थानीय श्रीराम कठायत बताउँछन् । स्थानीयस्तरमा उत्पादन भएका बस्तुको प्रवद्र्धन गरेर आर्थिक आयआर्जनमा जोड दिन आवश्यक रहेको उनको भनाई छ ।
पुर्वाधार निर्माणका लागि ६० लाख बजेट
लटारम्मेश्वर महादेवको विकास, भक्तजन तथा पर्यटकहरुको सहजताका लागि मास्टर प्लान बनाइएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले खानेपानी, विद्युत, सौचालय, फोहार ब्यवस्थापन, साथै होमस्टे सञ्चालनलाई प्राथामिकता दिएर काम गर्ने बताए ।
‘यहाँ खानेपानीको मेजर समस्या हो, हामी ५०० मिटर तलबाट लिफ्टिङ् गरेर यही बर्ष पानी ल्याउछौँ, यहाँ विजुलीको समस्या छ, विजुली ल्याउछौँ,’ उनले भने । स्थानीयलाई तालिम दिएर होमस्टे सञ्चालन गर्ने र पर्यटकले पैसा तिरेपनि खान नपाउने स्थितिको अन्त्य गर्ने बताए ।
अध्यक्ष लामाले चिलौने लेकसम्म १२ महिना सञ्चालन हुने मोटरबाटो, त्यहाँदेखि थानसम्म पैदल यात्राको लागि सिडी निर्माण र पहाडको कठिनस्थानमा रेलिङ्ग विस्तार गरिने बताए । उनले धार्मिक ब्यक्तिहरुसंग परामर्श गरेर मन्दिर निर्माण गरिने बताए ।
साथै, शिव भगवानले बोकेको मृत सतिदेविको शरिरसंगै जट्टा खस्दै गरेको ठुलो मुर्ति समेत निर्माण गर्ने योजना रहेको बताए । धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न डिपिआर तयार गरेको र पैदल हिड्न नसक्नेहरुका लागि केबुलकार राख्नका लागि निजी लगानीकर्ताहरुसंग छलफलको तयारी भइरहेको जानकारी गराए ।
उनका अनुसार चालु आर्थिक बर्षमा यस क्षेत्रको भौतिक पुर्वाधार निर्माणका लागि ६० लाख बजेट बिनियोजन भएको छ । जसमध्ये सबैभन्दा धेरै भिमफेदी गाउँपालिकाले ४० लाख, प्रदेश र संघीय सरकारबाट १०/१० लाख बिनियोजन भएको उनले बताए ।
कान्तिलोकपथको बाटो हुँदै काठमाडौंबाट महादेवटार र हेटौंडाबाट खोरभञ्याङ पुग्न सकिन्छ । महादेवटारबाट चिलौने लेकसम्म मोटरबाटो छ । त्यहाँबाट करिब साँढे एक देखि दुई घण्टामा लटारम्मेश्वर पुगिन्छ । त्यस्तै हेटौंडा हुँदै जानेहरु खोरभञ्याङबाट कच्चिबाटो मोटरमै रातोमाटेसम्म पुग्न सक्छन् । त्यहाँबाट लटारम्मेश्वर पुग्न करिब साँढे २ देखि ३ घण्टाको पैदल उकालो हिड्नुपर्छ ।
भिडियो