हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा जङ्गली हात्तीले शनिबार बिहान घरमा क्षति गरेको छ । हात्तीले मनहरी गाउँपालिका–८ सिमपानीका रामहरि सुबेदीको ब्लकको टिनले छाएको एक कोठे घरमा क्षति गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हात्तीले सुबेदीको घरमा रहेको एक बोरा(५० केजी) धान समेत खाएको छ । उक्त हात्तीलाई प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा जङ्गलतर्फ लखेटिएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यसअघि पनि मनहरी गाउँपालिका वडा नं.६,७,८ को गाउँ क्षेत्रमा प्रवेश गरेर स्थानीयको घरगोठ र खोतबारीमा लगाएको अन्नपात क्षति गरेको थियो ।
यो पनि पढ्नुहोस्
मनहरीमा जंगली हात्तीले आतंक मच्चाउन छाडेन
मनहरीमा हात्तीको श्रृङ्खलाबद्ध वितण्डा, घर बाहिर निस्कन रोक
मकवानपुरको मनहरीमा बाघपछि हात्तीको आतंक