प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

संस्कृति संरक्षण गर्न सामुहिक रुपमा यःमरि पुन्हि मनाईयो

२०८१ पौष १, सोमबार ०७:५५ बजे

मकवानपुर – संस्कृति संरक्षण गर्न मकवानपुरका नेवार समुदायहरुले सामुहिक रुपमा यःमरि पुन्हि मनाएका छन् । जिल्लाका विभिन्न स्थानहरुमा आईतबार नेवारहरुले योमरी बनाएर सामुहिक रुपमा वितरण गरेर पर्वलाई मनाएका हुन् ।

नेवाः गुठी खलः हेटौंडा उपमहानगरपालिका ११ को आयोजनामा हेटौंडा ११ नवलपुरमा यःमरि पुन्हि पर्व मनाईएको छ । कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको प्रमुख आतिथ्य तथा हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रम नेवाः गुठी खलः हेटौंडा ११ की अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

उनका अनुसार नेवारी परिकारहरु योमरी, बारा, अचार करिब ३ सय जनालाई निःशुल्क वितरण गरिएको थियो । कार्यक्रममा नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे, उपाध्यक्ष मेनका श्रेष्ठ, महासचिव देवकुमार श्रेष्ठ, नेवाः देय् दबु हेटौंडाकी अध्यक्ष प्रतिमा श्रेष्ठ, टोल विकास वडा समन्वय समितिका नअध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको आतिथ्य रहेको थियो ।