प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

मकवानपुरमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु

२०८० श्रावण १८, बिहीबार ०४:२७ बजे

हेटौंडा – मकवानपुरमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैंया गाउँपालिका वडा नं.७ अधेरी बस्ने १२ बर्षीया करिष्मा लो रहेकी छन् ।

बागमती प्रदेश प्रहरीका अनुसार बुधबार आफ्नै घरमा बसिरहेको अवस्थामा करिष्मालाई सर्पले टोकेको थियो । परिवारले उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा उपचरकै क्रममा बुधबार दिउँसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।