हेटौंडा – मकवानपुर भिमफेदी गाउँपालिका–२ भैंसेबाट लागूऔषध चरेश सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–७ महादेब खर्क बस्ने ३१ वर्षीय दिपक भन्ने राजकुमार स्याङतान रहेका छन् ।
भैंसेस्थित चेकप्वाइन्टबाट प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा स्याङतानलाई करिब ८ केजी चरेस सहित पक्राउ गरेको हो । लागुऔषध सहित नियन्त्रणमा लिएर स्याङ्तानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।