हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नं.११ मा स्कुल भ्यान दुर्घटना भएको छ ।
हेटौंडा एकेडेमी बोर्डिङ स्कुलको बा ६ च ८०५७ नम्बरको भ्यान विद्यार्थी लिएर सहिद स्मारकबाट डाङ्डुङ्गेतर्फ जाने क्रममा शान्तिचोक स्थितमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार भ्यानको ह्याण्डिल लक भएर विद्युतको पोलमा ठोक्किँएर दुर्घटना भएको हो । दुर्घटनामा भ्यानमा सवार ४ जना बालबालिका सामान्य घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्प्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।