प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हाईड्रोपावरको क्याम्पको बिस्तरामा तामाङ मृत फेला

२०७९ माघ ३, मंगलबार १२:४२ बजे

हेटौंडा – निर्माणाधिन त्रिशुली २१६ हाईड्रोपावरमा ब्लास्टीङको काम गर्ने एक जना मृत फेला परेका छन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–६, स्थित निर्माणाधिन त्रिशुली २१६ हाईड्रो पावरमा ब्लास्टीङको काम गर्ने ४० वर्षीय रिसम वाङदी तामाङ सोही हाईड्रोपावरको क्याम्पको बिस्तरामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।