काठमाडौं – म्याग्दीको जिप मंगला गाउँपालिका–२ काफलचौरमा दुर्घटना हुँदा एक यात्रुको मुत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बेनीबाट यात्रु लिएर कुहुँतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जीप काफलचौरको उकालोमा दुर्घटना हुँदा जीपमा सवार मंगला गाउँपालिका १ की ६१ वर्षीय फौमाायाँ गर्वुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी ७ जना घाइते छन् । उनीहरुको को बेनी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।