हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विश्वलाल लामाले अग्रता कायम राखेका छन् । १ हजार ८ सय मत गणना हुँदा विश्व लामाले ७४४ मत प्राप्त गरेका छन् ।
लामाका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका देबकृष्ण पुडासैनीले ६७४ मत प्राप्त गरेका छन् भने
उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता कायम रहेका छ । उपाध्यक्षमा कांग्रेसकी निर्मला रुम्बाले ७५५ मत प्राप्त गरेकी छन् भने एमालेकी उषा कुमारी लामा लामाले ६६० मत प्राप्त गरेकी छन् ।
त्यस्तै गाउँपालिकाको वडा नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी हासिल गरिसकेको छ । कांग्रेसका वडाअध्यक्षका उम्मेदवार शुबास थापा मगर ७४४ मतसहित बिजयी भएका हुन् । उनले एमालेका राजु बस्नेतलाई १५९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले ५९४ मत ल्याएका थिए ।