हेटौंडा – गएराती मोटरसाइकल अनियन्त्रित भएर कलभर्टमा खस्दा चालकको मृत्यु भएको छ ।
पर्साको जिराभवानीपुर गाउँपालिका १ खहरे कलभर्टमा भारतिय नम्बरको मोटरसाइकल खस्दा चालक पर्साकै जगरनाथपुर गाउँपालिका २ पाण्डेपुरका ३५ वर्षीय उमेश यादबको मृत्यु भएको हो ।
महादेबपट्टीबाट जिराभवानीतर्फ आउँदै गरेको भारतिय नम्बरको मोटरसाइकल मध्यरातमा अनियन्त्रित भएर खहरे कलभर्टको कुलोमा खसेको थियो । मोटरसाइकल चालक यादबको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी महादेबपट्टी पर्साले जनाएको छ ।