हेटौँडा– वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्ट्टेलले मर्मतको कार्य तिब्र बनाउनको लागि हेटौँडा–भीमफेदी–फाखेल–काठमाण्डौँ सडक फागुन १ गतेबाट बन्द गरिने बताउनुभएको छ ।
उहाँको अनुसार करिब २ महिनाभित्र हेटौैँडाबाट काठमाण्डौँ जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्नेगरि मर्मतको काम हुने भएको छ ।
आज हेटौँडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेले सर्वपक्षीय छलफल राखेर फागुन १ बाट फाखेलको सडक मर्मतको लागि बन्द गर्ने निर्णय गर्नुभएको हो ।काठमांडौ जाँदा चित्लाङ र फर्कदा कान्तिलोकपथ कायम गर्नको लागि उहाँले आबश्यक पहल गरिएको जनाउनुभयो ।
प्रदेश राजधानी हेटौंडाबाट केन्द्रीय राजधानी काठमाण्डौ उपत्यका प्रवेश गर्ने पहुच मार्ग हेटौंडा–भिमफेदी–हुमाने– फर्पिंग सडकको भैंसे–भिमफेदी खण्ड, हेवी कलंकी–हुमाने खण्ड र हुमाने–फर्पिंग खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको निर्माणको कार्यलाई गति दिइ छिटो सम्पन्न गर्न वाग्म्ती प्रदेशका मुख्यमन्त्री जम्कट्टेले सरोकारवालाहरु प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी, ट्राफिक प्रहरी कार्यालय, स्थानीय तहहरु, आयोजना कार्यालयहरु, टाटा सुमो यातायात समितिहरु, निर्माण व्यवसायीहरु लगायत सम्बन्धित सबै पक्षसंग समस्या समाधानमा छलफल गर्नुभएको हो ।