प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जतिबेला एमालेको सरकार बन्यो, त्यतिबेला विकासको लहर आउँछ: मन्त्री श्रेष्ठ

२०७९ फाल्गुन ८, सोमबार ०३:१४ बजे

हेटौँडा – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले नेकपा एमाले विकासमा विश्वास राख्ने पार्टी भएको बताएका छन् । एमाले अन्य पार्टीहरुजस्तो भ्रम छर्दै हिडने पार्टी नभएको भन्दै जतिबेला एमालेको सरकार बन्यो, त्यतिबेला विकासको लहर आएको मन्त्री श्रेष्ठको भनाई रहेको छ ।

नेकपा एमाले राक्सिराङ गाउँपालिकाको आयोजनामा राक्सिराङको दमारमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले एमालेलाई एक्लै हराउन सक्ने ताकत नेपालमा कुनै शक्तिसँग नभएको समेत प्रष्ट पारे ।

कांग्रेस सहितका यथास्थितीवादी दलहरु एकजुट भएर एमालेलाई निर्वाचनमा रोक्ने प्रयत्न हुँदा समेत एमाले अघि बढेको बताउँदै मन्त्री श्रेष्ठले एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमबाट अब आउने निर्वाचनमा एमाले बिरुद्ध सबै मिलेर उठे पनि एमालेको जित निश्चित हुनेगरि काम अघि बढाउने आधारशिला निर्माण हुने दाबी गरे ।