हेटौंडा – मकवानपुरमा सडेगलेको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नं.१३ गोठदमार सल्लघारीस्थित जंगलमा सडेगलेको अवस्थामा एक जनाको शव फेला परेको हो ।
मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार सोही वडा बुद्धचोक बस्ने ४३ बर्षीया कृष्ण माया घलान रहेका छन् । उनी गत असार २५ गतेदेखि दिउँसोबाट सम्पर्क बिहिन भएकी थिइन् ।
मृतक महिलाकी छोरा समन घलानले असार २६ गते हुलिया आफ्नो हराएको आमा खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निबेदन दिएका थिए । उनी हराएको ७ दिनपछि सडेगलेको अवस्थामा मृत भेटिएका हुन् ।
मृतकको हातमा भएको बाला र कपडाबाट समनले आफ्नो आमाको पहिचान गरेको प्रवक्ता कार्कीले बताए । उनका अनुसार घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याईएको छ ।