हेटौंडा – सातौँ संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्गशिल्ड फुटसल प्रतियोगिता आज आईतबारबाट सुरु भएको छ । प्रतिभा युवा क्लबको आयोजना भएको प्रतियोगिताको उद्घाटन मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गरे ।
प्रतियोगिताको पहिलो दिन ८ ओटा खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा आयोजक टोली प्रतिभा युवा क्लब, मकवानपुरगढी गाउँपालिका वडा नं.३, मकवानपुरगढी गाउँपालिका वडा नं.५, खेलकुद विकास समिति वडा नं.२ ए, नेष्टकला, नागरिक सचेत युवा क्लब, प्रतिभा युवा क्लब बि र प्रतिभा युवा क्बल बि विजयी भएको छ भने एक खेल बराबरीमा रोकिएको छ ।

मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा भएको पहिलो खेलमा आयोजक प्रतिभा ए ले सनराई युथ क्लबलाई ११–०, क्रमशः वडा नम्बर ३ ले नवजागृतीलाई ४–०, वडा नम्बर ५ ले श्री सेर्गे गम्बालाई ४–२, खेलकुद विकास समिति वडा नं.२ ए ले गढी स्टार स्र्पोट्र्सलाई ७–०, नेष्टकलाले उर्गे गुरु युवा क्लबलाई १–०, नागरीक सचेतले खेलकुद विकास समिति वडा नम्बर २ लाई ७–३, प्रतिभा बि ले देविडाँडा युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

उता इनक्रोचर्स क्लब र प्रतिभा युवा क्बल भेट्रान्सबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । भोली सोमबार १३ वटा खेल हुने यस प्रतियोगिताका संयोजनक विक्रम योञ्जनले जानकारी दिए ।
मा प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार प्रदान गरिने क्लबका अध्यक्ष हेम बहादुर योञ्जनले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिने बताईएको छ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १६ वटा टोलीको सहभागिता रहेको छ ।
फाइनल खेल यही मंसिर १३ गते हुनेछ । यस प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।