प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१ करोड ३४ लाखको सामान सहित तीन जना मकवानपुर प्रहरीको फन्दामा

२०८० भाद्र २०, बुधबार ११:२७ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेस्थित भारतीय ट्रकबाट १ करोड ३४ लाख भन्दा बढीको भन्सार छलि गरेर ल्याएको सामान सहित तीन जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट संयुक्त रुपमा खटिएको टोलीले मंगलबार उक्त सामान सहित तीन जनालाई पक्राउ गरेको हो ।

भारतको सिलाङबाट सुनसरी भन्सार हुँदै बुटवलतर्फ जान आउँदै गरेको यूपि ७५ एटी ८६३२ नम्बरको भारतिय ट्रकबाट भन्सार छलि गरेर ल्याएको ८३ लाख २९ हजार ८०० रुपैयाँको लत्ताकपडा, ३ लाख ५० हजारको ईलोक्ट्रोनिक्स समान, १६ खाल ३८ हजारको मदिरा र ३१ लाख २७ हजार २५० को अन्य समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भारतीय सैनिकको रिटायर्ड बन्दोबस्तीको समना रहेको छ भनि भन्सार बिल देखाएकोमा शंका लागेर चेकजाँच गर्दा अबैध रुपमा भन्सार छलि गरेर ल्याएको करिब १ करोड ३४ लाख ४५ हजार ०५० रुपैयाँको सामान गरेको प्रहरीले जनाएको छ ।

उक्त मालसामान सहित ट्रकका चालक देश भारत उत्तर प्रदेश टावा भद्रपुर थाना बस्ने ५५ बर्षीय गोरेलाल, सो ट्रकमा सवार तनहुँ ब्यास नगरपालिका वडा नं. ४ बस्ने ४९ बर्षीय निमकाजी श्रेष्ठ र पर्वत विहादी गाउँपालिका वडा नं.४ बस्ने ३९ बर्षीय खेम बहादुर गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।