प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा अस्पताललाई डेङ्गु परीक्षण गर्न ११५० कीट हस्तान्तरण

२०७९ भाद्र २१, मंगलबार १२:४८ बजे

हेटौंडा – मकवानपुरका डेङ्गुका बिरामीलाई मध्यनजर गर्दै मंगलबार परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ ।हेटौंडा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाले हस्तान्तरण गरे ।

उपमहानगरले ११५० वटा डेङ्गु परीक्षण गर्ने कीट हेटौंडा अस्पतालका मे‍डिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गरिएको हो । पछिल्लो समय जिल्लामा डेङगुका बिरामी बढ्दै गएपछि हेटौंडा अस्पतालमा परीक्षण कीट अभाव भएको थियो । 

हेटौंडा अस्पतालमा डेङ्गु कीट अभाव विरामीहरु निजी अस्पतालमा महङ्गो शुल्क तिरेर परीक्षण गर्न बाध्य थिए । सोही कुरालाई मध्यनजर गर्दै हेटौंडा उपमहागरपालिकाले अस्पताललाई परीक्षण कीट सहयोग गरेको हो । 

स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण अधिकारीका अनुसार जिल्लाभर ७२३ जनालाई डेङ्गु संक्रमण भएको छ । अधिकांश डेङ्गुका बिरामीहरुको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीले बताए । गम्भीर प्रकारका विरामीलाई भरतपुर, काठमाडौं लगायतका अस्पतालमा रिफर गरिएको उनले बताए ।