प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाबाट लागुऔषध सहित तामाङ पक्राउ

२०८१ आश्विन १८, शुक्रबार २०:४८ बजे

हेटौंडा – पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नंबर–१९ नेवारपानी चेकपोष्टबाट १०७ केजी लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नंबर– २ पालुङ बस्ने २४ वर्षिय सुजन तामाङ रहेका छन् ।

मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा १२ च २८८५ नंबरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा १०७ किलो ५० ग्राम लागूऔषध गाँजा फेला परेकोपछि बोलेरो गाडी चालक तामाङलाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गाडीको ढालाभित्र लुकाई ल्याइएको अवस्थामा उक्त गाँजा फेला परेको हो ।यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।