प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सडक डिभाइडरमा ठोक्किदा एक जनाको मृत्यु

२०७९ असार २३, बिहीबार ०३:०० बजे

हेटौंडा – गएराती स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । काठमाडौंको सानोभ¥याङमा वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराती स्कुटर अनियन्त्रीत भई सडक डिभाइडरमा ठोकिएको थियो ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयभुले नियन्त्रणमा लिएको छ ।