काठमाडौं – झापाको बिर्तामोड ७ स्थित खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उद्योगमा काम गर्ने कर्मचारी खोटाङ निवासी १९ वर्षीय सरोज सुन्दास रहेका छन् ।
सञ्चालन गर्नुभएको उद्योगमा शुक्रवार दिउसो १ बजेर १० मिनेटमा विस्फोट भएको बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले जानकारी दिए ।
लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा विस्फोट हुँदा त्यहीँ सुन्दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घाइते भएका सुन्दासलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा लगिएको र त्यहाँ दिउसो २ बजे सन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।