प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

देशभर चिसो बढ्दो, यस्तो छ आजको मौसम पूर्वानुमान

२०८० पौष २१, शनिबार ०७:५४ बजे

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका तराई भूभागका केही स्थानहरू हुस्सुरकुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

देशभर चिसो बढ्दो क्रममा छ । राजधानी काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियससम्म पुगेको छ । जुम्लामा सबैभन्दा चिसो माइनस ६.६ डिग्री सेल्सियस रहेको छ भने जोमसोममा पनि माइनस ४.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । जिरीमा माइनस ०.७ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको छ ।

आइतबार कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।