हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत आज (आईतबार) भएको पुरुष फुटबलमा ललितपुर जिल्ला जित निकाल्दै क्वाटरफाइलमा प्रवेश गरेको छ ।
हेटौंडा–४ पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा चितवनलाई १–० गालले पराजित गर्दै ललितपुर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
ललितपुरलाई जित दिलाउनका लागि बसन्त तामाङले निर्णयक गोल गरे । उनले खेलको ६८ औं मिनेटमा गोल गरेका हुन् ।
समुह ख मा रहेको ललितपुरले अब भोलि हुने रामेछाप र सिन्धुपाल्चोकको विजेतासंग सेमिफाइनल प्रवेशको लागि खेल्नेछ । क्वाटरफाइनल खेल चैत ३ गते हुनेछ ।
प्रतियोगिता अन्तर्गत भोलि सोमबार दुईवटा खेल हुनेछन् । समुह ख बाट पहिलो रामेछाप र सिन्धुपाल्चोक, समुह क बाट दोस्रो मकवानपुर र नुवाकोटबीच खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको पुरुष फुटबलमा प्रदेशका १३ वटा जिल्लाको सहभागिता रहेको छ ।