प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रम माथि छलफल हुने

२०८० जेठ १७, बुधबार ०३:३७ बजे

मकवानपुर – बागमती प्रदेशसभा आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल हुने भएको छ । छलफलका लागि बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

बैठकमा सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि सांसदहरुले धारणा र संशोधन प्रस्ताव राख्ने छन् । संसद् सचिवालयले मंगलबार साँझसम्म संशोधन प्रस्ताव हाल्न समय उपलब्ध गराएको छ । उक्त संशोधन प्रस्तावहरू माथि पनि संसद् बैठकमा छलफल गरिने सचिवालयको भनाई छ ।

प्रदेशसभाको गत जेठ १४ गते बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए । प्रदेश प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री जम्मकट्टेलले संसद्मा टेबुल गरेका थिए ।