हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ खरङ्गाबाट मंगलबार लागऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीय सोम बहादुर घलान र रौतहट चन्द्रपु र नगरपालिका–१ बस्ने ४१ बर्षीय आसिष पाख्रिन रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घलान र पाख्रिनलाई चेकजाँच गर्दा प्रहरीले उनीहरुको साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरेको हो । उनीहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।