हेटौंडा – मकवानपुरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।
बागमती गाउँपालिका वडा नं.७ का एकै परिवारका ५ जना बिरामी भएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।
अध्यक्ष घलानका अनुसार बिरामी हुनेमा ४५ बर्षिय रेशम बिक, २५ बर्षिय पदम बिक, २३ बर्षिय मदन बिक, १८ बर्षिय सपना बिक र ३० बर्षिय पर्बित बिक छन् ।
उनीहरुलाई फापरबारी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि हेटौंडा अस्पतालमा ल्याइएको छ । पाँचै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।