मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका–४ अजिङगरेमा निर्माणाधीन घरबाट लडेर एक व्यक्ति गम्भीर घाइते भएका छन्।
भारतको रक्सौल स्थायी घर भई हाल बकैया–४ अजिङगरेमा बसोबास गर्दै आएका ३५ वर्षीय विकास कुमार ज्ञानप्रसाद सुवेदीको निर्माणाधीन घरको फर्मा निकाल्ने क्रममा एक तला माथिबाट लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
घटनापछि स्थानीयबासीको सहयोगमा उनलाई बिहान १२स्०० बजे हेटौंडा अस्पताल ल्याइएको थियो। घाइतेको टाउको र छातीमा गम्भीर चोट लागेका कारण प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई आज अपराह्न ४स्२५ बजे काठमाडौँको शिक्षण अस्पताल लगिएको छ।