काठमाडौं – उपचार नपाउँदा हुम्लामा एक महिलाको मृत्यु भएको छ। मंगलबार हुम्लाको अदानचुली गाउँपालिका ५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको सुत्केरी हुन नसकेर मृत्यु भएको हो।
गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा शाहीको अकालमै मृत्यु भएको हो। स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्।
स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर उहाँको मृत्यु भएको हो,’ एक आफन्तले भने।