प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जाजरकोट जीप दुर्घटनामा ११ जनाको मृत्यु

२०७९ मंसिर २६, सोमबार १४:१९ बजे

काठमाडौं – जाजरकोटको छेडागाड नगरपालिका ४ को भिरपाटीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।  ९ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा गाडी चालक भगवतीमाई २ दैलेखका मानबहादुर राउत, दैलेख भवगतीमाई ३ का विरेन्द्र केसी, सोही ठाउँका अम्बर बहादुर खड्का रहेका छन् ।

यस्तै जाजगरकोट खेडागाड नगर ५ का दीपक अधिकारी, अम्बरबहादुर अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा र वडा नम्बर ६ का वीरबहादुर खत्री रहेका छन् । घाइतेहरुमा वडा नम्बर ५ का जयभान अधिकारी र ५ वर्षीया निशा अधिकारी रहेकी छन् ।

यसैगरी छेडागाड– ६ का वीरबहादुर खत्रीको पनि दुर्घटनामा मृत्यु भएको छ। गम्भीर घाइते छेडागाड–५ का जैभान अधिकारीलाई उपचारका लागि सुर्खेत लैजान लागिएको प्रहरीले जनाएको छ। 

छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट कर्णाली प्रदेश ०२–००१च ०४२९ नम्बरको बोलेरो जीप खसेको हो ।डागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जन्ती बोकेर छुटे बोलेरो जीप सडकभन्दा अन्दाजी ५०० मिटर तल खसेको थियो।