प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

शारिरीक अशक्तलाई ह्लिचेयर प्रदान

२०७९ जेठ २५, बुधबार १०:५८ बजे

हेटौंडा – शारिरीक रुपमा अशक्त भई दैनिक जिवनमा समस्या व्यहोरेका हेटौंडा–१७ का एक ब्यक्तिलाई हेटौंडा उपमहानगरले ह्लिचेयर वितरण गरेको छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाको समन्वयमा नगरप्रमुख मिनाकुमारी लामाले ह्लिचेयर हस्तान्तरण गरेकी हुन् ।

वडा कार्यालयको सिफारीसमा हेटौंडा–१७ का १६ बर्षिय भोजराज घिमिरेलाई घर बाहिरको वातावरणमा हिड्डुल गर्न सहज होस भन्नका लागि सामग्री हस्तान्तरण गरिएको महिला तथा बालबालिका विकास महाशाखाका प्रमुख जगन्नाथ सापकोटाले बताए । ह्लिचेयर घिमिरेका बुवा कृष्णप्रसाद घिमिरेले बुझेका थिए । उनले उपमहानगरले दिएको सामग्रीले छोरालाई बाहिरी वातावरणमा हिडाउन सहज हुने भन्दै खुशी व्यक्त गरेका थिए ।

उनले भने "उसलाई बाहिर भित्र गर्नकै लागि निकै समस्या थियो अब सहज हुन्छ ।" उपमहानगरपालिले चालु आर्थिक वर्षमा अहिले सम्म नगरका विभिन्न वडामा रहेका शारीरिक अशक्तहरुलाई पटक/पटक गरी ७० वटा भन्दा बढी ह्लिचेयर बाढ्नुका साथै आफ्नो महाशाखाको समन्वयमा उपमहानगरपालिकाले विभिन्न समयमा अपाङ्ग मैत्री विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको समेत महाशाखा प्रमुख सापकोटाले बताए ।