प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

हेटौंडामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

२०७९ भाद्र १३, सोमबार १७:५४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ कठायत चोकस्थित धरान चतरा सडकखण्डमा हेटौंडामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिका–१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् ।बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका थारुको हेटौंडा अस्पताल उपचारको क्रममा राती १० बजे मृत्यु भएको कार्कीले बताए ।

सोमबार राती ९ बजेर ३५ मिनेटको समयमा ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको बोलेरोले सडक छेउमा रोकी राखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकल र चालक थारुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । फरार बोलेरो चालकको खोजी कार्य भईरहेको उनले बताए ।

तस्वीरः छवि अनित्यको फेसबुकबाट