हेटौंडा – मकवानपुर राक्सिराङ गाउँपालिका–५, दोबानबाट प्रहरीले लागुऔषध अफिम बरामद गरेको छ ।
प्रहरीका अनुसार भार्ता–मनहरीभित्री सडकखण्डबाट मनहरीतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार ब्यक्ति प्रहरीको गाडी देख्नासाथ झोला फालेका थिए ।
उक्त झोलालाई खोलेर चेकजाँच हेर्दा लागुऔषध अफिम जस्तो देखिने वस्तु अन्दाजी ३/४ किलो फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालयका अनुसार ती ब्यक्ति झोला फालेर फरार भएको र उनको खोजतलास भईरहेको छ । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।