प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा रातोमाटेबाट एक युवक पक्राउ

२०८० मंसिर १५, शुक्रबार १२:४३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पाराम मोतिहारी बस्ने २१ बर्षीय अमित कुमार रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ७९१ नम्बरको माईक्रोलाई चेक गर्दा उक्त माईक्रोमा सवार कुमारलाई लागुऔषध सहित पक्राउ गरिएको बामगती प्रदेश प्रहरी कार्यालय सञ्चार शाखाले जनाएको छ ।

प्रहरीका अनुसार उनीको साथबाट लागुऔषध डाईजेपाम–१५० पिस, नुर्फिन–१५० पिस र फेनार्गन– १५० पिस बरामद गरेको हो । उक्त लागुऔषध सहित कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।