प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा उपहानगरपालिकाको तीन करोड बेरुजु

२०८० भाद्र १०, आईतबार ०८:३४ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका बेरुजु फस्यौटमा निकै अनुदार देखिएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार हेटौंडा उपमहानगरपालिकाको बेरुजू गएको आर्थिक बर्षमा उच्च देखिएको हो । गएको आर्थिक बर्षमा उपमहानगरपालिकाको बेरुजू ३ करोड, ६० लाख, ३८ हजार, ६सय ७२ रुपैयाँ फस्यौट गर्न बाँकी रहेको छ । हेटौंडा उपमहानगरपालिकाले खर्चमा मितब्ययिता नपनाएका कारण पन बेरुजु बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उपमहागरपालिकाले लगाएको ठेक्काको समेत रकम असुल्नमा उपमहानगरपालिका उदासिन देखिएको महालेखाको प्रतिवेदनमा उल्लेखछ ।

कर्मचारी राख्दा मनोमानी
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तले आफ्नो क्षमता र कार्यबोझको मुल्यांकन गरी स्थायी वा अस्थायी कर्मचारी नियुक्तमा रोक लगाएको र करार तथा ज्यालादारी कर्मचारी पनि जथाभवी राख्न रोक लगाएको भएपनि हेटौंडामा,मेयर र उपमेयरका कार्यकर्ता राख्नका लागि बिभिन्न पदहरु सृजा गरी कर्मचारी नियुक्त गरिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ । महालेखाका अनुसार अहिले हेटौंडा उपमहानगरपालिकामा २ सय २४ जना बिभिन्न करार तथा ज्यालादारीहरु कार्यरत रहेको र उनीहरुको नाउमा ४ करोड,२८ लाख, ५१ हजार रुपैया खर्च भइरहेको पनि महालेखाको प्रतिवेदनले भनेको छ ।