काठमाडौं – जिम्बावेमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले सुरूवाती तीन विकेट गुमाएको छ।
ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका अल्जारी जोसेफबाट ५ रनमा बोल्ड भए । भीम सार्की जासन होल्डरको बलमा २ रनमा क्याच भए। यस्तै आसिफ शेख २८ रनमा आउट भए ।
नेपालले १६ ओभरमा ३ विकेट गुमाएर ६५ रन जोडेर खेलिरहेको छ ।