प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा कारको ठक्करबाट एक बालकको ज्यान गयो

२०८० चैत्र १३, मंगलबार ०९:३४ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.४ गोठखोलामा कारको ठक्करबाट साइकलमा सवार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ११ बर्षीय निशान बानियाँ रहेका छन् ।

धरान–चौतरा सडक खण्डमा हात्तिसुडेबाट गरगरे तर्फ आउदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले गरगरेबाट हात्तिसुडेतर्फ जादै गरेको साईकलयात्री निशानलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।

खुट्टा भाच्चिएको, टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । उनको उपचारको क्रममा सोमबार दिउँसो २ बजेर ६ मिनेटको समयमा हेटौंडा अस्पतालमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।